HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
दाहालले भने- ‘साहना प्रधानलाई देशको सर्वोच्च ठाउँमा पुर्‍याउनुपर्छ भनेको थिएँ’ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले साहना प्रधानलाई आफूले देशको सर्वोच्च पदमा पुर्‍याउने ठूलो इच्छा भए पनि सफल नभएको बताएका छन्। साहना प्रधानको छैठौं स्मृतिमा आज आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले उनको योगदानको मूल्यांकन गर्न नसकेको भन्दै दु:ख व्यक्त गरे।
माधवकुमार नेपाल भन्छन्- 'नेतृत्वको दाबी गर्ने पिरलोमा म छैन' नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आगामी महाधिवेशनमा नेतृत्वको दाबी गर्ने पक्षमा आफू नरहेको बताएका छन्। उनले अहिले नै नेतृत्वको दाबी गर्ने बेला आइनसकेको भन्दै दावी गर्ने कि नगर्ने भन्ने पिरलोमा आफू नरहेको बताएका हुन्।