५ हजार ७०६ पीसीआर परीक्षण, ७८२ मा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७०६ नमूनाको पीसीआर परीक्षण गरिएको छ। जसमा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सुर्खेतमा एउटै विद्यालयका ११ जना शिक्षक कोरोना संक्रमित
सुर्खेतको पञ्चपूरी नगरपालिकामा रहेको सूर्यप्रकाश माध्यमिक विद्यालयका ११ जना शिक्षक कोरोना संक्रमित भएका छन्। कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सो विद्यालयका ११ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो।