HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
जडीबुटीको निर्यात ६ गुणा बढ्यो, तर यार्सागुम्बाको निर्यात घट्यो   भारततर्फ जडीबुटीको निर्यात करीब ६ गुणाले बढेको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत साउनदेखि कात्तिक मसान्तसम्ममा भारततर्फ रू. ३१ करोड ३७ लाख मूल्य बराबरको जडीबुटी निकासी भएको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिका तुलनामा ५९१ प्रतिशत धेरै हो। 
दराजको ११.११ सेल २६ कात्तिकमा नेपालको अनलाइन शपिङ बजार दराजले आफ्नो वार्षिक ११.११ सेल २६ कात्तिकमा आयोजना गर्ने भएको छ। ११.११ मा ग्राहकहरूले मेगा डिल, फ्ल्यास सेल्स, ब्यांक डिस्काउन्ट, निःशुल्क डेलिभरी, भौचरहरू र अन्यमार्फत् ६ हजार भन्दा बढी विक्रेताहरू र  १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनमा धेरै भन्दा धेरै छुट पाउनेछन्।