जेन-जीले शुरू गरेको आन्दोलनमा भदौ २३ गते १९ जना प्रदर्शनकारी मारिएपछि भदौ २४ गते भएको विरोध प्रदर्शन तोडफोड, आगजनी र लूटपाटमा परिणत भयो। जेन-जीको नाममा अराजक जत्थाले संघीय राजधानीका प्रमुख प्रशासनिक भवनमा मात्र आगजनी र लूटपाट गरेन, व्यक्तिका निजी सम्पत्ति पनि लूटपाट र आगजनी गर्यो।
यस्तो अराजकता उपत्यकामा मात्र सीमित थिएन। यो देशैभर फैलिएको थियो। जेन-जीले आफ्नो शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी हिंसात्मक बनाइदिएको आरोप लगायो। तैपनि हिंसात्मक गतिविधि रोकिएन।
अराजकता सिर्जना गर्न विभिन्न स्वार्थ समूह सक्रिय रहेको देखिन्छ। ती को थिए? समयले तिनको पहिचान गर्नै नै छ। तर अराजकता सिर्जना गरी राज्यसंयन्त्र अस्थिर बनाउन परिचालित त्यो जत्थाले वास्तविक जेन-जीको टाउकामा नमेटिने कलंक थोपरिदिएको छ।
यस्तो अराजकता फैलाउने जत्थाले संघीय संसद् भवन, सिंहदरबार, सर्वाेच्च अदालत, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, राष्ट्र ब्यांंक, प्रहरी बीटका भौतिक संरचनामा आगजनी गरी ध्वस्त बनाउन कुनै कसर बाँकी राखेन। महत्त्वपूर्ण दस्तावेज जलाएर खरानी बनाइदियो। त्यहाँका सरसामान लुटेर लग्यो। जनताको सम्पत्तिमा अपूरणीय क्षति पुर्यायो।
भदौ २४ मा गरिएको आगजनी र तोडफोडले देशलाई दशकौं पछाडि धकेलेको छ। हिजो दिनभरि फैलाउन खोजिएको आतंकले इतिहासको पानामा कहिल्यै नमेटिने धब्बा छाडेर गएको छ। हाम्रो राजनीतिक चेत र तथाकथित शान्तिप्रियताको मजाक उडाएर गएको छ।
बुधबार हिमालखबर का संवाददाताहरू उर्मिला थारू , धनु विश्वकर्मा , शमशाद अहमद , राज यादव , अजय हाकुजू र अर्चना दर्जी ले काठमाडौंमा हिजो भएको अराजकताको ऐना देखाउने केही तस्वीर खिचेर ल्याएका छन्। यी तस्वीर बिहान ११ देखि साँझ ५ बजेसम्म लिइएका हुन्।
आन्दोलनका क्रममा आगो लगाएपछि क्षतिग्रस्त राष्ट्रपति भवन।
आन्दोलनमा जलाइएको संघीय संसद् भवन।
आन्दोलनका क्रममा आगो लगाएपछि क्षतिग्रस्त सर्वोच्च अदालत।
सर्वोच्च अदालतमा जलेका दस्तावेज।
आन्दोलनका क्रममा आगो लगाएपछि क्षतिग्रस्त सर्वोच्च अदालत बार एशोसिएशन।
आन्दोलनका क्रममा आगो लगाएपछि क्षतिग्रस्त मन्त्री निवासको प्रवेशद्वार।
आन्दोलनका क्रममा आगो लगाएपछि क्षतिग्रस्त मन्त्री निवास।
आन्दोलनका क्रममा आगो लगाएपछि क्षतिग्रस्त सडक विभाग।
आन्दोलनका क्रममा आगो लगाएपछि क्षतिग्रस्त सडक विभागको भवन।
आन्दोलनका क्रममा आगो लगाएपछि क्षतिग्रस्त सडक विभाग परिसरमा राखिएका सवारीसाधन।
आन्दोलनका क्रममा आगो लगाएपछि क्षतिग्रस्त नागरिक उड्डयन प्राधिकरण।
आन्दोलनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगाइएको आगो निभाउन जाँदा आन्दोलनकारीले तोडफोड गरेको दमकल।
आन्दोलनका क्रममा आगो लगाएपछि क्षतिग्रस्त भाटभटेनी सुपर मार्केट।
आन्दोलनका क्रममा आगो लगाएपछि क्षतिग्रस्त हिल्टन होटल। दोस्रो दिन पनि आगो निभेको छैन।