HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्ती
सगरमाथा या झ्यामोलोङ्मा
सगरमाथा या झ्यामोलोङ्मा संसारको मुकुट भएका यस चुलिलाई उम्कन दिन उचित नदेखेर लंडनका रायल ज्योग्राफिकल सोसाइटिले संवत् १९१३ मा यसको नाउँ एवरेस्ट राखि हाले। सर जार्ज एवरेस्ट भन्ने एक अंग्रेज तेह्र वर्षसम्म हिन्दुस्थानमा सर्वेयर–जनरल भएका थिए (१८८७–१९००)। इनका सन्मानका खातिर इनका नाउँबाट संसार भरका अग्ला चुलिको नाउँ राखियो।