HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ : देवकाेटा जयन्ती
महाकविको ‘नई दिल्ली फोल्डर’
महाकविको ‘नई दिल्ली फोल्डर’  हात्तीको स्केच भएको ३४×२६ सेन्टिमीटरका दुई फोल्डरमध्ये एउटा फोल्डरमा अंग्रेजीमा ‘एल.पी. देवकोटा नेपाल’ लेखिएको छ । भित्रपट्टि एशियाई लेखक सम्मेलन, नई दिल्ली लेखिएको फोल्डरमा रहेका सामग्री हेर्दा भारतको नयाँदिल्लीमा सन् १९५६ (२३–२९ डिसेम्बर) मा सम्पन्न एशियाली लेखक सम्मेलनमा नेपालको सहभागिताका विविध जानकारी प्राप्त हुन्छन् ।