ईयूले नेपाललाई लगाएको हवाई प्रतिबन्धमा निरन्तरता
नेपालका सबै वायु सेवा कम्पनीलाई युरोप उडानमा लागेको प्रतिबन्धले निरन्तरता पाएको छ।
यूरोपिएन युनियन (ईयू) ले नेपालमा उड्डयन सुरक्षा अवस्थामा सुधार नभएको उल्लेख गर्दै पुस २०७० देखि लगाएको प्रतिबन्धलाई कायम राखिएको हो। ईयूले नेपालसहित २८ मुलुकका विमान कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाएको थियो।
प्रतिबन्ध कायम रहँदा नेपाल वायु सेवा निगम बढी प्रभावित हुने सम्भावना छ। निगमले खरिद गरेका दुई वटा वाइड बडी विमानलाई जापान र दक्षिण कोरिया उडाउन खोज्दा युरोपियन युनियनको प्रतिबन्ध देखाउँदै उडान अनुमती दिन मानेका छैनन्।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले नेपाललाई ‘महत्वपूर्ण सूरक्षा चासो’को सूचीबाट गत असारमा हटाएको थियो। नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका अधिकारीहरूले युरोपियन युनियनले पनि प्रतिबन्ध हटाउने दाबी गर्दै आएका थिए।
तर, १२ मंसीरमा युरोपियन युनियनले प्रकाशित गरेको सूचीमा नेपाललाई हटाइएको छैन।