सिद्धार्थ ब्यांकले २ अर्बको ऋणपत्र बिक्री गर्ने
सिद्धार्थ ब्यांकले रु २ अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। ब्यांकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु १ हजारमा बिक्री गर्न लागेको हो।
ब्यांकले १० दशमलव ५ प्रतिशतका दरले ब्याजसमेत दिने जनाएको छ।
नेपाल धितोपत्र बोर्डले ६ मंसीरमा स्वीकृति दिएको उक्त ऋणपत्रको बिक्री २३ मंसीरदेखि शुरु हुनेभएको छ। ऋणपत्रको बिक्री प्रबन्धकमा एनआर्इबीएल एस क्यापिटल लिमिटेड छ। क्यापिटलका अनुसार ऋणपत्र बिक्री छिटोमा २३ पुससम्ममा हुनेछ।
उक्त ऋणपत्रलाई ‘एसबीएल डिबेन्चर २०८२’ नाम दिइएको छ। बिक्री गर्न लागिएको ऋणपत्रमध्ये २२ हजार ५०० कित्ता भने सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। इक्रा नेपालले उक्त ऋणपत्रलाई 'ट्रिपल बी प्लस' ग्रेड दिएको छ।