अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी (हिलरी–२१८, ट्रम्प–२७६)
अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
जारी मतगणना अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले २७६ र डेमोक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनले २१८ इलेक्ट्रोल मत प्राप्त गरेका छन् ।
कुनै पनि उम्मेदवारले जित्नका लागि २७० मत प्राप्त गर्नुपर्छ ।
निर्वाचनअघि हिलरी क्लिन्टलले जित्ने विभिन्न एजेन्सीको अनुमान रहे पनि अहिले भने ट्रम्पले बाजी मारेका छन् ।