शेयर बजार छ अंकले घट्यो
साताको दोस्रो कारोबार दिन आज शेयर बजार परिसूचक ६.३५ अंक घटेको छ ।
पछिल्ला दुई दिनमा २१ अंक घटेपछि शेयर बजार सूचक ११ सय ६० दशमलव २८ अंकमा झरेको हो । यो एक वर्षयताकै सबैभन्दा न्यून बिन्दु हो ।
कूल १५५ कम्पनीको नौ लाख ९१ हजार ७३० कित्ता शेयर रु. ३० करोड ८४ लाख ९५ हजार ८४ मा खरिद बिक्री भएको छ ।
बजार खुलेदेखि नै लगातार ओरालो लागेको नेप्सेको दैनिक व्यापार प्रवृत्तीले आगामी दिनमा पनि बजार घट्ने संकेत गरेको छ ।
सोमबार वित्त कम्पनी र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ ।
दुई करोड २७ लाखको व्यापार भएपछि सोमबार सर्बाधिक कारोबार हुने सूचीमा एनएमबी ब्यांक अग्रस्थानमा देखिएको छ ।
यस दिन नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य ४ दशलमव ४८ प्रतिशत महँगिएको छ भने नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५ दशमलव ६५ प्रतिशत सस्तिएको छ ।