शेयर बजार करीब १५ अंकले घट्यो
धितोपत्र बजारमा ९ मंसिरमा शेयरको मूल्यमा उच्च अंकले ह्रास आएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८२ अंकले घटेर एक हजार १६६.४३ विन्दुमा पुगेको छ। प्रतिशतका आधारमा बजार १.२५ विन्दुले घटेको छ। यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.०८ विन्दुले घटेर २४७.९८ विन्दुमा झरेको छ।
कूल १५४ कम्पनीको आठ लाख ४० हजार ५५ कित्ता शेयर रु २५ करोड ६ लाख ४२ हजार ४७५ मूल्यमा खरिद बिक्री भएको छ। कारोबार भएका कूल १० उपसमूहमध्ये सबै उपसमूहको शेयर घटेको छ। बैंकिङ १२.६४, होटल २८.८७, विकास बैंक ६.४७, जलविद्युत् २४.८९, वित्त ५.१६, निर्जीवन बीमा ९६.७६, उत्पादन ५०.५४, अन्य ७.७१, माइक्रोफाइनान्स २२.४५ र जीवन बीमा ४४.४० अंकले घटेका छन्।