आईएमईद्वारा विजेताहरूलाई स्कूटर प्रदान
रेमिटेन्स कम्पनी आईएमईले दशैंको अवसरमा ल्याएको ‘आईएमई हात हुँदैन खाली’ योजना अन्तर्गतका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ । कन्ट्रोल नं. ९०६७९०८०१७, ७७७९७४२१३८७, ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमशः मलेसिया, कतार, मलेसिया र डेनमार्कबाट आईएमईमार्फत रकम पठाएका तिलकबहादुर श्रेष्ठ, सुरेन्द्रप्रसाद थारु, आङ्ग नर्बु शेर्पा र सरोज श्रेष्ठ भाग्यशाली विजेता घोषित भए।
विजेताहरूको सिफारिसमा लालबहादुर श्रेष्ठ, भीमबहादुर चौधरी, भीमप्रसाद खड्का र हरिलक्ष्मी श्रेष्ठलाई एक÷एक थान युएम पावर म्याक्स स्कुटी प्रदान गरिएको हो । काठमाडौंमा २२ कात्तिकमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रबद्र्धन ड्यानिलदास श्रेष्ठ र ब्राण्ड एम्बासडर दीपकराज गिरीले बिजेताहरूलाई संयुक्त रुपमा उपहार प्रदान गरेका हुन ।
१–३० असोजसम्म संचालन भएको योजनामा १४९ आईएमई सेन्टर सहित ५२ सयभन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभरि फैलिएका विभिन्न शाखाका लाखौं सेवाग्राहीहरू सहभागी थिए । योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले विभिन्न मर्चेन्डाईज निश्चित उपहारस्वरूप पाउने व्यवस्था मिलाईएको थियो ।
निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरी केबलकारको टिकट उपलब्ध गराईएको थियो ।