जीतपुर र गौरमा बजाज शोरुम
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बाराको जीतपुर र रौतहटको गौरमा दुई नयाँ शोरुम शुरुआत गरेको छ ।
जीतपुरमा खुलेको न्यू एसडिएस इन्टरप्राइजेज् र गौरको गुप्ता अटोमोबाइल्स् दुवै शोरुमले सेल्स, सर्भिस र स्पेयर्स (थ्रीएस) सुविधा प्रदान गर्नेछन् ।
बजाज बाइकको बढ्दो माग तथा ग्राहकलाई सहज सेवा प्रवाह गर्नको लागि शोरुम थप गरिएको कम्पनीले जनाएको छ ।
शुभारम्भको अवसरमा दुवै शोरुमले बाइक खरीदकर्ताको लागि विशेष छूट र उपहारको व्यवस्था गरेको जनाएका छन् ।