शेयर बजार एक अंकले बढ्यो
साताको चौथो कारोबार दिन आज शेयर बजार एक अंकले उकालो लागेको छ ।
आज नेप्से परिसूचक १ अंकले बढेर ११८२.७४ अंक पुग्दा १५१ कम्पनीको रु.२६ करोड ८८ लाख बराबरको शेयर खरीद बिक्री भएको छ ।
झिनो अंकले बढेको बजारमा रु. ३ करोड २० लाख बराबरको कारोबार भएको नविल ब्यांकको संस्थापक शेयर धेरै रकमको कारोबार गर्ने कम्पनी बनेको छक ।
बुधबार ७.४ प्रतिशतले मुल्य घटेको एभरेष्ट इन्स्योरेन्स धेरै मुल्य घट्ने कम्पनी बन्दा ४.२९ प्रतिशतले मुल्य बढेको सांग्रिला विकास ब्यांक धेरै मुल्य बढ्ने कम्पनी बन्यो ।
आज कारोबार भएका ब्यांकिङ, विकास ब्यांक, फाइनान्स, अन्य र जीवन बीमा उपसूचक उकालो लाग्दा होटल, जलविद्युत्, नीर्जिवन बीमा, उत्पादनमूलक र माइक्रोफाइनान्स उपसूचक ओरालो लागेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ०.१४ प्रतिशतले उकालो लाग्दा सबैभन्दा बढी होटल उपसूचक १.२५ प्रतिशतले ओरालो लागेको छ ।