आज छठको मूख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने
सूर्योपासनाको महापर्व छठको मूख्य दिन आज जलाशय किनारमा ब्रत, पूजा र किर्तन गरी मनाइँदैछ ।
आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपसाना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ । अस्ताचलगामी सूर्यको उपसाना गरिने पर्व यो मात्रै हो ।
छठमा ब्रता बसी उर्जाको अक्षय स्रोत सूर्यको उपासना गर्दा सुख–समृद्धि र मनोकामना पूर्ण हुने जनविश्वास छ ।
छठको अवसरमा तराईका बजारमा फलफूल र तरकारीको भाऊ ह्वात्तै बढेको छ । स्याउ, केरा, अनारजस्ता फल र लौकाको मूल्यमा एक्कासी वृद्धि भएको हो ।
त्यसैगरी छठको किनमेलका लागि अहिले बजारमा घुइँचो लागेको छ ।
श्याम गुप्ता, बारा