नेपाल टिमोर लिस्टेसँग बराबरीमा रोकियो (भिडियो)
एसियाली फुटबल महासंघ (एएफसी)द्धारा आयोजित सोलिडारिटी कप अन्तर्गतको खेलमा नेपाल टिमोर लिस्टेसँग गोल रहित बराबरीमा रोकिएको छ । मलेसियामा २० कात्तिकमा भएको खेलमा धेरै अवसर सिर्जना गरेर पनि टीम नेपालका खेलाडीलाईहरुले बललाई जाली चुमाउन सकेनन् ।
पहिलो खेलमा ब्रुनाईसँग ४–०पराजित भएको टिमोर लिस्टे र नेपालको समान एक एक अंक भएको छ । ब्रुनाईसँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी रहेको नेपाल बराबरी वा कम गोल अन्तरको हारले पनि सेमिफाइनलमा पुग्छ ।
दशरथ रंगशालामा २०६८ असारमा एसियाली विश्वकप छनोटको पहिलो चरण लिगमा नेपालले इस्ट टिमोरलाई २–१ र ५–० ले पराजित गरेको थियो ।