दाहाल र ओलीबीच संविधान संशोधन लगायतबारे छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज अपरान्ह संविधान संशोधन लगायतका विषयमा छलफल भएको छ ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा प्रधामन्त्रीले नयाँ संविधानमा असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सरकारले गरिरहेको पहलवारे जानकारी गराउँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे पनि एमाले अध्यक्ष ओलीसँग सकारात्मक छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
एमाले अध्यक्ष ओलीले पनि देशको अवस्था, निर्वाचन र संविधान संशोधन लगायतका विषयमा छलफल भएको बताएका छन् ।