लोकमानसिंहलाई कैद सजायको माग गर्दै अदालतमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित चार जनालाई १५ दिन कैद सजायको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अदालतमा म्याद तामेलीमा अवरोध गरेका लोकमानसिंह सहित चार जना विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले उजुरी दर्ता गराएका हुन ।
कैद तथा एक हजार रुपियाँ जरिवानाको माग राखेर अदालतमा दर्ता उजुरीमा लोकमानसिंह सहित उनका ज्वार्इं प्रवल थापा, पूर्व कानुन सचिव प्रमोद कार्की र महानगरीय प्रहरी वृत्त बानेश्वरमा कार्यरत सई नकुलराज गौतमलाई विपक्षी बनाईएको छ ।
उजुरीको पूर्ण विवरण