भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको पहिलो दिन तस्विरमा
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकीय भ्रमणको पहिलो दिन नेपालमा भव्य स्वागत गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा दिउसो १२ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेसँगै भारतीय राष्ट्रपति मुखर्जी विविध कार्यक्रममा सरिक भएका छन् ।
भारतीय राष्ट्रपति मुखर्जीले सितल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन् । त्यस्तै दिउसो भारतीय राजदूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा सरिक भएका छन् ।
१८ कात्तिकमा पशुपतिनाथको पूजाअर्चना, काठमाडौँ विश्वविद्यालयले प्रदान गर्ने मानार्थ उपाधि, काठमाडौं महानगरिपालिकाले गर्ने नागरिक अभिनन्दन, नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन, राजनीतिक दलका नेताहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।