टेबहालमा लागेको आगो निभाइयो, दुई करोड क्षति
ठमेलको नरसिंह चोक नजिकै टेबहालमा आज बिहान लागेको आगो डेढ घन्टापछि निभाइएको छ ।
लिलिमा कलेक्सन नामक लुगा पसल रहेको चारतले घरमा लागेको आगो जुद्ध वारुण यन्त्रका छ बारुणयन्त्र, सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा करेन्ट चुहिएर भएर आगलागी भएको र घर, पसल र सामान गरी करिब रु दुई करोडको क्षति पुगेको अनुमान गरिएको उनले बताए ।
घनाबस्तीका बीचमा लागेको आगो समयमै नियन्त्रणमा लिन सकिएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ ।
रासस