न्यूरोडमा स्मार्ट टेलिकमको नयाँ सेन्टर
स्मार्ट टेलिकमले काठमाडौं न्यूरोडको पाकोमा नयाँ स्मार्ट सेन्टरको स्थापना गरेको छ ।
सेन्टरको उद्घाटन स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले गरेका हुन् ।
सहज एवं सरल तरिकाले ग्राहकलाई सुविधा प्रदान गर्न नयाँ सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै स्मार्ट टेलिकमले ‘डबल योर ह्याप्पिनेस’ योजना प्रस्तुत गरेको छ ।
योजनाअन्तर्गत ग्राहकले ९९ रुपैयाँमा स्मार्टको सिमकार्ड खरीद गर्दा अर्को सिमकार्ड निःशुल्क प्राप्त गर्नेछन् । दुवै सिममा एक जीवी डाटा पनि उपलब्ध हुनेछ ।