शेयर बजारमा १०.५६ अंकको गिरावट
साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार सुरु भए देखि नै घटेको बजारमा नेप्से परिसूचक १०.५६ अंकले ओरालो लागेर १२६७.१८ अंकमा पुग्यो।
घटेको बजारमा १६९ कम्पनीको रु. ५७ करोड ३८ लाख बराबरको शेयर खरिद बिक्री भएको छ।
आज 'क' वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ ईन्डेक्स 2.49 अंकले ओरालो लाग्यो।
होटल र उत्पादनमूलक बाहेकका उपसूचकहरु ओरालो लाग्दा समग्र नेप्से परिसूचक ओरालो लागेको हो। सबैभन्दा बढी हाईड्रोपावर उपसूचक १.५१ प्रतिशतले ओरालो लाग्यो।
घटेको बजारमा रु. ४ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको प्रभु ब्यांक धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।
हाईड्रोपावर उपसूचक सबै भन्दा बढी ओरालो लाग्दा नेसनल हाईड्रोपावरको मूल्य सबै भन्दा धेरै ९.८८ प्रतिशतले उकालो लाग्यो।
यस्तै ५.९० प्रतिशतले मूल्य घटेको हिमालयन पावर पार्टनर धेरै मूल्य घट्ने कम्पनी बन्यो।