मोरङमा खुकुरी प्रहार गरेर दुई किशोरको हत्या
मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ ।
राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा १६ कात्तिक बिहान साँढे ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिए ।
घटनाको कारण र खुकुरी प्रहार गर्नेको पहिचान हुन नसकेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।रासस