ढकमक्क गोदावरी
तिहार फूलहरुको पर्व हो । फूलको पर्वमा गोदावरी (क्रिसान्थेमम, नोभेम्बर फ्लावर, गुर्धौली, पाथी फूल)को वैंश नआउने कुरै भएन । गोदावरीको उद्गमस्थल एसिया नै भएपनि नेपालको रैथाने फूल भने होईन, तर यो नेपालको साँस्कृतिक फूल बनिसकेको अनुसन्धानकर्ता सुमद राई बताउँछन् ।
रोपेको तिनमहिनामा फुल्ने गोदावरीलाई गमला, बगैंचा, बारी जहाँ पनि ढकमक्क पार्न सकिन्छ । ग्रिनहाउसभित्र तापक्रम मिलाएर वर्षैभरि फुलाउन सकिने यो शुन्दर पूmलको प्राकृतिक मौसम भने नेपालीहरुको प्रमुख चाडहरु पर्ने असोज–कात्तिक–मंसिर हो । सुमन राईका अनुसार, नेपालमा करीब दुईसय प्रजातिका गोदावरी छन् ।
बिषेशः तिहारको समयमा भरिभराउ फूल्ने गोदावरी सेतो, रातो, पहेंलो, गुलाफी, सुनौलो, भजेन्टा, हरियो लगायतको रङका हुन्छन् । आकार प्रकारका हिसाबले यसलाई स्पाईडर, इन्कर्भ, रिफ्लेक्ट, मिनियचर र पमपम भेराइटिमा वर्गीकरण गरिएको छ । आकर्षक र सुवासयुक्त माला बन्ने गोदावरीको कट फ्लावर एक सातासम्म ताजै रहन्छ । यो गुणले यसलाई उच्च व्यावसायीक फूल बनाएको छ ।
फ्लोरिकल्चर एशोसियसन नेपालले हरेक वर्ष गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने गरेको छ । यसवर्ष १०–१३ कात्तिकमा ललितपुरको जाउलाखेलमा आयोजित दशौं आयोजनामा ३० हजारभन्दा बढी गोदावरीप्रेमी सहभागी भए ।
शब्दः सविता श्रेष्ठ, तस्विरः गोपेन राई