साताको पहिलो दिन शेयर बजारमा राम्रो संकेत
साताको पहिलो कारोबार दिन शेयर बजार उकालो लागेको छ । आज, ७ भदौमा नेप्से परिसूचक २ दशमलव ६१ अंकले बढेर १२५७ दशमलव ६८ अंकमा पुग्यो।
बढेको बजारमा १६७ कम्पनीको रु ६९ करोड ३६ लाख बराबरको शेयर ५५ लाख ४६ हजार ६२१ कित्ता शेयर किनबेच भएको छ ।
दिनभरीमा रु ७ करोड ४ लाख बराबरको शेयर खरिद बिक्री भएको एनआईसी एसिया ब्यांक धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो ।
८.९८ प्रतिशतले मूल्य उकालो लागेको साल्ट ट्रेडिङ लिमिटेड धेरै मूल्य बढ्ने कम्पनी बन्दा ७.४३ प्रतिशत मूल्य घटेको कालिका लघुवित्त वित्तिय संस्था धेरै मूल्य घट्ने कम्पनी बन्यो ।
आज ’क’ वर्गका कम्पनीको बजार मापक परिसूचक सेन्सेटिभ ईन्डेक्स सँगै बैंकिङ, ट्रेडिङ, होटेल, विकास ब्यांक, हाईड्रोपावर र फाईनान्स उपसूचक उकालो लाग्दा नन लाईफ इनस्योरेन्स, उत्पादनमूलक, अन्य, माईक्रोफाईनान्स र लाईफ इनस्योरेन्स उपसूचक ओरालो लागेका छन् ।