टिभीएसको ‘अपाचे आरआर–३१०’ बजारमा
नेपालका लागि टिभीएस मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘अपाचे आरआर–३१०’ सार्वजनिक गरेको छ ।
३१२ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन भएको उक्त मोटरसाइकलमा ६–स्पिड गियर बक्स छ । यसको अधिकतम गति १६० किलोमिटर प्रति घण्टा रहेको कम्पनीले जनाएको छ ।
यसमा फूल डिजिटल इन्स्टुमेन्ट प्यानल, ट्रेलिस फ्रेम च्यासीस, स्पीडो कम टेकोमीटर, ट्वीन प्राजेक्टर हेडल्याम्प, इलेक्ट्रोनिक फ्यूल इन्जेक्शन, एन्टी लक ब्रेकिङ सिस्टम लगायतका प्रिमियम विशेषता छन् ।
रेसिङ रेड र सिनिस्टर ब्ल्याक गरी दुई रंगमा उपलब्ध आरआर ३१० को मूल्य रु. सात लाख ८० हजार छ ।