शेयर बजार झिनो अंकले ओरालो
आज शेयर बजार झिनो अंकले ओरालो लागेको छ । १६७ कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री हुँदा नेप्से परिसूचक ०.१३ अंकले ओरालो लागेर १२५६.४० अंकमा पुगेको छ ।
अाज ९ करोड २६ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको ग्लोबल आईएमई ब्यांक धेरै रकमको शेयर कारोबार गर्ने कम्पनी बनेको छ ।
झिनो अंकले घटेको बजारमा ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ०.१५ प्रतिशतले ओरालो लाग्दा ब्यांकिङ, विकास ब्यांक, होटल, हाइड्रोपावर, फाइनान्स र अन्य उपसूचक पनि ओरालो लागेका छन् ।
आज ९.४२ प्रतिशतले मूल्य बढेको भागर्भ विकास ब्यांक धेरै मूल्य बढ्ने कम्पनी बन्दा ४.२९ प्रतिशतले मूल्य घटेको एक्सेल विकास ब्यांक धेरै मूल्य घट्ने कम्पनी बनेको छ ।