दोहोरो अंकले बढ्यो शेयर बजार
साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले उकालो लागेको छ ।
आज नेप्से परिसूचक ११ दशमलव ६९ अंकले उकालो लागेर १२५६ दशमलव ५३ अंकमा पुगेको हो ।
शेयर बजार दोहोरो अंकले उकालो लाग्दा १६६ कम्पनीको ९१ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ ।
बजार खुलेको दुई घण्टामै २४ अंकले उकालो लागेको नेप्से परिसूचक अन्तिम दुई घण्टामा १२ अंकले घटेर १२५६ दशमलव ५३ अकंमा रोकिएको थियो ।
आज सात करोड १४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको एनएमबी ब्यांक धेरै रकमको शेयर कारोबार गर्ने कम्पनी बनेको छ ।
‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स २ दशमलव ६६ अंकले उकालो लाग्दा कारोबार भएका सबै उपसूचक पनि उकालो लागेका छन् ।
आज ९ दशमलव ५२ प्रतिशतले मूल्य बढेको भागर्भ विकास ब्याकं धेरै मूल्य बढ्ने कम्पनी बन्दा ३ दशमलव ८ प्रतिशतले मूल्य घटेको एक्सेल विकास ब्यांक धेरै मूल्य घट्ने कम्पनी बन्यो ।