हिरोको ‘एक्स्ट्रीम २०० आर’ सार्वजनिक
नेपालका लागि हिरो मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘एक्स्ट्रीम २०० आर’ सार्वजनिक गरेको छ ।
२०० सीसीको एअर कुल्ड इन्जिन सहितको एक्स्ट्रीममा एन्टी ब्रेकिङ सिस्टम (एबीएस), मोनो शक, डबल डिस्क जस्ता विशेषता छन् ।
प्रतिघन्टा ११४ किलोमीटर गति गुड्न सक्ने क्षमता भएको यो बाइकले ८००० आरपीएममा १८.४ पिएसको अधिकतम शक्ति र ६५०० आरपिएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ ।
प्यान्थर ब्ल्याक र सिल्भर, टेक्नो ब्लू र ब्ल्याक तथा स्पोर्ट रेड रंगमा उपलब्ध बाइकको मूल्य रु दुई लाख ८६ हजार ५०० तोकिएको छ ।