शिवम् प्लस ओपीसी सिमेन्ट बजारमा
शिवम् सिमेन्टले ‘शिवम् प्लस ओपीसी’ सिमेन्ट बजारमा ल्याएको छ ।
शिवम् प्लस नेपाल गुणस्तर चिह्नका साथै आईएसओ–९००१, आईएसओ–१४००१, ओएचसीएएस–१८००१, आईएसआई र यूआरएस प्रमाणित सिमेन्ट हो ।
यसले निर्माण मजबुत र दिगो बनाउने कम्पनीले दाबी गरेको छ ।
शिवम् प्लस मकवानपुरगढी क्षेत्रमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट ल्याइएको चुन ढुङ्गाबाट उत्पादन गरिएको छ । यो सिमेन्ट लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको छ । लेमिनेटेड प्याकेजिङले भण्डारका क्रममा सिमेन्टको गुणस्तरमा ह्रास आउन दिंदैन ।