माइक्रोम्याक्सको नयाँ स्मार्टफोन
माइक्रोम्याक्सले नयाँ स्मार्टफोन क्यू ३५१ अन्तर्गत क्यानभास स्पार्क २ प्रो बजारमा ल्याएको छ । यो फोनमा विशेष किसिमको प्रोसेसर, ८ जीबी र्याम, ५ इञ्च डिस्प्ले, दुई हजार एम्पियरको ब्याट्री, ५ एमपीको क्यामेरा, २ एमपीको फ्रन्ट क्यामरा रहेको छ ।
डुअल सीम स्लोट रहेको यसले थ्रीजी नेटवर्कलाई पनि सपोर्ट गर्ने जनाइएको छ । कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् । क्यानभास स्पार्क २ प्रो को मूल्य रु.८४१५ रहेको छ ।