शेयर बजार बढ्ने क्रम जारी
आज पनि शेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ। साताको पहिलो र दोस्रो कारोबार दिन २४ अंकले बढेको नेप्से परिसूचक आज १९ भदौमा ३.९८ अंकले उकालो लाग्यो।
झिनो उकालो लागेको नेप्से परिसूचक १२१०.२४ अंकमा पुग्दा कारोबार रकममा भने सुधार भएको छ। उतारचढाव पूर्ण बजारमा १७२ कम्पनीको रु. ५२ करोड १९ लाख बराबरको शेयर खरिद बिक्रि भयो।
कारोबार सुरु भएको १ घण्टामा ८ अंकले ओरालो लागेको नेप्से परिसूचक सम्हालिएर १७ भदौको तुलनामा उकालो लागेर बन्द भयो।
बढेको बजारमा रु. १० करोड १७ लाख बराबरको कारोबार भएको नेपाल इन्भेष्ट ब्यांकको प्रमोटर शेयर धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।
'क' वर्गमा कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स १ अंकले उकालो लाग्दा जलविद्युत, उत्पादनमूलक, माइक्रोफाइनान्स र लाईफ इस्योरेन्स बाहेकका उपसूचक उकालो लागेका छन् ।