बजार बढ्यो, कारोबार रकम भने बढेन
लामो समयदेखि घटिरहेको शेयर बजार आज, १४ भदौमा ९.३९ अंकले उकालो लागेको छ। साताको अन्तिम कारोबार दिनको वृद्धि पछि नेप्से परिसूचक ११८१.६९ अंकमा पुग्यो।
बढेको बजारमा १६७ कम्पनीको २१ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ। आज २ करोड ९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको एनआईसी एसिया बैंक धेरै रकमको शेयर कारोबार गर्ने कम्पनी बन्यो।
नेप्से परिसूचक उकालो लाग्दा कारोबार भएका २७ कम्पनीको मूल्य मात्र ओरालो लागेको छ। ३.४१ प्रतिशतले मूल्य घटेको सप्तकोशी विकास बैंक धेरै मूल्य घट्ने कम्पनी बन्दा ८.८८ प्रतिशतल मूल्य बढेको नेडेप लघु वित्तीय संस्था धेरै मूल्य बढ्ने कम्पनी बन्यो।
शेयर बजार उकालो लाग्दा आज क वर्गमा कम्पनीका मापक परिसूचक सेन्सेटिभ इन्डेक्स र कारोबार भएका होटल बाहेकका उपसूचक उकालो लागेका छन्।
सेन्सेटिभ इन्डेक्स १.९८ अंकले उकालो लाग्दा होटल उपसूचक 0.13 प्रतिशतले ओरालो लागेको छ।