मेगा ब्यांकबाट १२ हजार ९९९ किस्तामै गाडी
मेगा ब्यांक नेपाल लिमिटेड र पायनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच डाटसन र निशान कम्पनीका गाडीका लागि १० वर्षे अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।
मेगा ब्यांककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र पायनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दबीच सरल अटो लोन कर्जाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार, पायनियर मोटो कर्प प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकलाई मेगा ब्यांकले सुलभ दरमा १० बर्षसम्म भुक्तानी गर्ने गरी वित्तीय सुविधा प्रदान गर्नेछ ।
जसमध्ये डाटसन कम्पनीका गाडीहरु १२ हजार ९९९ मासिक किस्तामै किन्न सकिनेछ ।
त्यसैगरी, निशान कम्पनीका सबै मोडलका गाडीमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकले अटो लोन पाउनेछन् । त्यसका लागि ग्राहकले ३५ प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ ।
लोनको प्रक्रिया शुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ दिनमै कर्जा प्रवाह गरिने ब्यांकले जनाएको छ । यो सुविधा मेगा ब्यांकका देशभरका शाखाबाट लिन सकिनेछ ।