शेयर बजार घट्ने क्रम रोकिएन, कारोबार रकम १९ करोड मात्रै
आज शेयर बजार चार दशमलव ७९ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम १९ करोड रुपैयाँमा सिमित भएको छ ।
खुलेदेखि घटेको बजारमा एक सय ६३ कम्पनीको १९ करोड २१ लाख रुपैयाँ बराबरको शेयर किनबेच हुँदा नेप्से परिसूचक ११७२ दशमलव ३० अंकमा पुगेको हो ।
आज एक करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको नेपाल इन्भेष्टमेन्ट ब्याकं धेरै रकमको शेयर कारोबार गर्ने कम्पनी बनेको छ ।
झिनो अंकले घटेको बजारमा कारोबार भएका सम्पूर्ण उपसूचकहरु ओरालो लागेका छन् ।
नेप्से परिसूचक ओरालो लाग्दा ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ३२ प्रतिशतले ओरालो लागेको छ ।
आज कालिका माइक्रोफाइनान्स विकास ब्यांक पाँच दशमलव १६ प्रतिशतले ओरालो लागेर धेरै मूल्य घट्ने कम्पनी बनेको छ । त्यस्तै, चार दशमलव १४ प्रतिशतले मूल्य बढेको नाग्दी ग्रुप पावर धेरै मूल्य बढ्ने कम्पनी बनेको छ ।