छठपछि कडा आन्दोलन गर्ने महतोको चेतावनी
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठपछि कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सदभावना पार्टी पर्साले १० कात्तिकमा वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै महतोले वर्तमान सरकार गठनअघि मधेशी मोर्चासंग भएको सम्झौता कार्यन्वयन नभएकोले छठपछि कडा आन्दोलन गर्ने बताए ।
“अधिकार, पहिचान र स्वभिमानको लागि मधेश आन्दोलनको क्रममा वीरगञ्जमा भएको आन्दोलनले नेपाल लगायत पूरै विश्वमा पहिचान बनाएको छ । तर वीरगञ्जमा जस्तै मधेशका अन्य जिल्लामा आन्दोलन हुन सकेन, त्यसैले मधेसको माग समयमै पूरा हुन सकेन,” उनले भने ।
मधेश आन्दोलन कुनै जाति वा समुदायविरुद्ध नभई मधेशी जनताको अधिकार र पहिचानका लागि रहेको उनले बताएका थिए ।
कार्यक्रममा युवा गठबन्धन पर्सा क्षेत्र नं.२ का संयोजक असरफ अली मन्सुरी, समाजवादी लोहियावादी युवक संगठन पर्साका अध्यक्ष आनन्द गुप्ता, बेलवा गाबिसका युवा नेता नईम अंसारी, चर्चित भोजपुरी गायक धुरेन्द्र सहनी, कलाकार लालु मिश्रा, फोरम लोकतान्त्रिकका समिम मन्सुरी लगायतका व्यक्तिहरु सदभावना पार्टीमा प्रवेश गरेका थिए ।
सुरेश बिडारी, वीरगञ्ज