कृष्ण मन्दिर जिर्णोद्धार सम्पन्न, सर्वसाधारणका लागि खुला
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको पाटन कृष्ण मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ।
आज, ८ भदौमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, ललिलपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन लगायतले क्षमा पूजा गर्दै सर्वसाधारणको लागि कृष्ण मन्दिर खुला गरेको छ।
पुरातत्व विभागको डिजाइन र सुपरीवेक्षणमा काठमाडौं उपत्यका संरक्षण प्राधिकरणले रु ५७ लाखमा कृष्ण मन्दिरको जिर्णोद्धार गरेको हो।
कृष्ण जन्माष्टमीको एक साता अघि क्षमा पूजा गरेर मन्दिरको जिर्णोद्धार सम्पन्न भएकोमा मन्दिरका पुजारी बिष्णुधर राजोपाध्याय खुसी व्यक्त गरे।
कृष्ण मन्दिरमा हरेक वर्ष पुजारी परिवर्तन गर्ने परम्परा छ।
प्रत्येक वर्ष असार कृष्ण प्रतिवदाका दिन राजोपाध्याय समुदायबाट पुजारी परिवर्तन हुने गर्छ।
पर्यटन मन्त्री अधिकारीले सम्पदाको शहर पाटन उपत्यकामा पर्यटकको लागि प्रमुख आकर्षणको केन्द्र बन्दै गएकाले समयमै पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए।
काठमाडौं उपत्यका संरक्षण प्राधिकरणका रोहित रन्जितकारले १ वर्षभित्रमा पाटन मन्दिर परिसरमा रहेका सम्पूर्ण सम्पदाहरु निर्माण सम्पन्न हुने बताए।
३८१ वर्ष अगाडि पाटनका मल्ल राजा सिद्धिनरसिंह मल्लले बनाएका थिए।