भारतीय राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधि प्रदान गरिने
काठमाडौँ विश्वविद्यालयले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई मानार्थ महाविद्यावारिधि प्रदान गर्ने भएको छ ।
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौँमा आयोजना गरिने तेस्रो विशेष दिक्षान्त समारोहमा मुखर्जीलाई महाविद्यवारिधि प्रदान गरिने काठमाडौँ विश्वविद्यालयका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिए ।
मुखर्जीलाई आगामी कात्तिक १८ गते काठमाडौँ विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मानार्थ महाविद्यावारिधि प्रदान गर्ने कार्यक्रम रहेको छ ।
यसअघि भारतीय नेता करण सिंहलाई पहिलोपटक र संस्कृतविद् सत्यमोहन जोशीलाई दोस्रोपटक विशेष दीक्षान्त समारोहमा सम्मानार्थ महाविद्यावारिधि प्रदान गरिएको थियो ।
रासस