३० प्रतिशत डाउन पेमेन्टमा टाटा सुमो
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले मुक्तिनाथ विकास ब्यांकसँगको सहकार्यमा ३० प्रतिशत डाउन पेमेन्टमा ‘सुमो गोल्ड’ उपलब्ध गराउने भएको छ ।
‘सुमो गोल्ड’को खरीदमा ग्राहकलाई मुक्तिनाथ विकास ब्यांकले १०.५ प्रतिशत ब्याजदरमा गाडीको मुल्यको ७० प्रतिशतसम्म कर्जा प्रदान गर्नेेछ ।
सिप्रदीले सुमो गोल्डको खरीदमा ग्राहकलाई निःशुल्क ड्राइभिङ्ग तालीम, निःशुल्क मेकानिकल तालीम र एक वर्षको इन्स्योरेन्सको सुविधा समेत उपलब्ध गराउनेछ ।
सिप्रदी नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता हो । सिप्रदीले सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका गाडी बिक्री गर्दै आइरहेको छ । यसका देशभर २६ बिक्री आउटलेट र ३२ सेवा केन्द्रहरु छन् ।