शेयर बजारमा सुधारसँगै काराेबार रकममा बृद्धि
शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि भएको छ भने काराेकार रकम पनि बढेकाे छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ०.६१ बिन्दुले बढेर १२१० मा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०२ बिन्दुले घटेको छ।
कूल १६६ कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता शेयर रु ४५ करोड ५२ लाख ४३ हजार ७८५ मूल्यमा खरीद बिक्री भएको छ। याे काराेबार रकम अघिल्लाे दिनकाेभन्दा करिव ९ कराेडले बढी हाे।
स्टकका अनुसार आज दुई उपसमूहको शेयर बढ्दा अन्य उपमूहको शेयर भने ओरालो लागेको छ। बैंकिङ ४.१ र उत्पादन ७७.३२ बिन्दुले बढेको छ। यस्तै व्यापार ३.७१, होटल २७.२५, विकास बैंक २.५३, जलविद्युत् १६.७७, फाइनान्स २.७५, निर्जीवन बीमा २०.७७, अन्य २.६४, माइक्रोफाइनान्स १३.७८ र जीवन बीमा २९.८७ बिन्दुले घटेका छन्। – रासस