कलंकीमा सुबिसुको नयाँ आउटलेट
इन्टरनेट र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रा. लि.ले आफ्नो पाचौं आउटलेट काठमाडौंको कलंकीमा सञ्चालन गरेको छ ।
कम्पनीका सञ्चालक सुरेन्द्रबहादुर श्रेष्ठले आउटलेटको उद्घाटन गरेका हुन् ।
यो आउटलेटबाट सुबिसुले कलंकी तथा यस क्षेत्र नजिकका ग्राहकहरुलाई आफ्नो सेवासँग सम्बन्धित सम्पूर्ण जानकारीहरु, बिक्री, वितरण साथै बिक्री पछिको सेवा उपलब्ध गराउनेछ ।
सुबिसुले एउटै केबल नेटवर्कमार्फत् इन्टरनेट र टिभी सेवा प्रवाह गर्दै आइरहेको छ ।