पल्सर १५० सीसी अब डबल डिस्कमा
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी (एचएच) बजाजले ‘पल्सर १५० ट्वीन डिस्क’ बजारमा ल्याएको छ ।
अगाडि र पछाडी डिस्क ब्रेक रहेको मोटरसाइकल कालो–निलो, कालो–रातो तथा ब्ल्याक क्रोम गरी तीन रंगमा उपलब्ध छ ।
यसमा १७ इञ्च एलोय ह्वीलको प्रयोग गरिएको छ । त्यस्तै चेसिस र सकर पनि पुरानोको तुलनामा ठूलो प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
मोटरसाइकलमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस फूटपेज राखिएको छ ।
१४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन सहितको मोटरसाइकलमा दुईवटा भल्भ र १५ लिटर क्षमताको पेट्रोल ट्याङ्की रहेको छ ।
५ गिएर सहितको मोटरसाइकलको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ ।
यसको बजार मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको छ ।