अख्तियार प्रमुखको गतिविधिप्रति टिआई नेपालको ध्यानाकर्षण
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले अनुत्तरदायी र भ्रष्ट गतिविधि गरेको भन्दै त्यसको विरोध गरेको छ ।
७ कात्तिकमा विज्ञप्ति जारी गर्दै टीआई नेपालले भनेको छ, “भ्रष्टाचार निवारणको प्रमुख भूमिका निभाउनु पर्ने संवैधानिक आयोगका प्रमुख आयुक्त नै विधिको शासनको सम्बन्धमा अनुत्तरदायी र भ्रष्टाचारकै विषयमा विवादित हुनु, सम्मानित अदालतको आदेश नमानिकन मुलुकमा हुनुपर्ने कानुनी सर्वोच्चताको उल्लंघन गर्नुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कारवाही र गरिमामा गम्भीररुपले असर पर्न गएको छ ।”
विज्ञप्तिामा नेपालका प्रायः बुद्धिजिवी, आम सञ्चारमाध्यम तथा सर्वसाधारण जनताले समेत प्रमुख आयुक्त कार्कीको क्रियाकलापलाई लिएर गम्भीर आवाज उठाइरहेका बेला टिआई नेपालको ध्यानाकर्षण भएको उल्लेख छ ।