दलका व्यक्ति सिध्याउने खेलमा लागेकाले लोकमानमाथि महाभियोग: बामदेव गौतम
एमाले उपाध्यक्ष बामदेव गौतमले लोकमानसिंह कार्कीले दलका व्यक्ति नै सिध्याउने खेलमा लागेकाले महाअभियोग प्रस्ताव दर्ता गराउनु परेको बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाटमा गौतमले राजनीतिक दलको सिफारिसमा अख्तियार प्रमुख बनेका कार्कीले दलका व्यक्तिमाथि खोजीखोजी प्रतिशोध लिने र विना कारण दुःख दिने गरेकाले दलहरु कार्वाही गर्न वाध्य भएको बताए ।
उनले अख्तियारजस्तो शक्तिशाली संस्थालाइ प्रतिशोध साध्ने केन्द्र नबनाउन र राजनीतिक व्यक्तिमाथि अराजनीतिक गतिविधि नगर्न पटक पटक गरिएको आग्रह कार्कीले बेवास्ताा गरेको भन्दै एमालेले महाअभियोग प्रस्ताव पारित गराएरै छाड्ने बताएका थिए ।
दीपक ज्ञवाली