लोकमानविरुद्ध महाभियोग पारित गराउन जनदबाब
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव पारित गराउन दबाबस्वरुप आज काठमाडौंमा जुलुस प्रदर्शन भएको छ ।
सोलाडिरिटीफर गोविन्द केसी अलायन्सले आयोजना गरेको प्रदर्शनमा डा केसीसहित विभिन्न पेशा र व्यवसायमा संलग्नहरुको उल्लेख्य उपस्थिति थियो ।
माइतिघर मण्डलाबाट शुरु भएको जुलुश नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको जुलुशलाई सांसद सुरेन्द्र चौधरी, डा गोविन्द केसी लगायतले संवोधन गरेका थिए ।