महाअभियोग प्रस्ताव पारित गर्न जनमोर्चाको अपिल
राष्ट्रिय जनमोर्चाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) प्रमुख लोकमानसिंह कार्कीको विरुद्धमा संसदमा एमाले र माओवादीले दर्ता गरेको महाअभियोग प्रस्तावको समर्थन गरेको छ । जनमोर्चा अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले ५ कात्तिकमा विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन ।
संयुक्त जनआन्दोलन दवाउन भूमिका खेलेको, रायमाझी आयोगले भविष्यमा कुनै पदका लागि अयोग्य हुने गरी दोषि ठहर गरेको र भ्रष्ट भएकाले कार्की अख्तियार प्रमुख हुन अयोग्य रहेको जनमोर्चाको ठहर छ ।
प्रमुखमा नियुक्ति भएपछि पनि कैयन गैर–जिम्मेवार कार्यहरु गरेको, सर्वोच्च अदालतलाई आफू विरुद्धको मुद्दामा विरुद्धको मुद्दामा अदालतको पुर्जी तामेल गर्न नदिन निकै तिगडम गरेकाले महाअभियोग प्रस्ताव जसरी पनि पारित गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष केसीले विज्ञप्तिमा भनेका छन्, “लोकमाननसिंह कार्कीले गरेका जनतन्त्र विरोधी र भ्रष्ट क्रियाकलापका कारणले उनी विरुद्ध संसदमा प्रस्तावित महाभियोगको प्रस्तावलाई हाम्रो पार्टीले समर्थन गर्दछ । उक्त प्रस्ताव पारित गर्न सबै सांसदहरुलाई अपील गर्दछ ।”