मनीग्राम र सिटी एक्सप्रेसबीच सहकार्य
अग्रणी मनी ट्रान्सफर सेवा प्रदायक कम्पनी मनीग्रामले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिसँग सहकार्य गरेर नेपालमा आफ्नो पहुँच विस्तार गरेको छ । यो सहकार्यबाट विदेशमा रहेका नेपालीहरूलाई पैसा पठाउन सहज हुने कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले मनीग्रामसँग सहकार्य गर्दा आफू हर्षित र उत्साहित भएको बताए ।
मनीग्रामका दक्षिण एसिया निर्देशक शेशागिरी मालिया भन्छन्, “नेपालमा रहेका ग्राहकहरूलाई सहज र पायक पर्ने सेवा दिनका लागि संसार भरी रहेका नेपालीलाई सेवा पुर्याउन मनीग्राम तत्पर छ । विशेष गरी मिडल इस्टमा (गल्फ क्षेत्र) कार्यरत नेपालीका लागि यो सहकार्य उपयोगी हुने विश्वास लिएको छु ।“