विश्वकप विशेष आइतबार, असार ३१, २०७५

विश्वकपको उत्कृष्ट खेलाडी लुका मोड्रिच, युवा खेलाडी एमबापे

हिमालखबर

काठमाडौं (एजेन्सी)– गोल्डेन बलको उपाधि क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन्। उनले फ्रान्सका युवा खेलाडी केलियन एमबापेलाई उछिन्दै २१ औं विश्वकपको उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन्।उनले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते।

गोल्डेन बुटको अवार्ड इङ्ल्यान्डका ह्यारी केनले जिते। उनले प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका थिए। उनी इङ्ल्यान्डका ग्यारी लिनेकरपछि गोल्डेन बुट जित्ने दोस्रो खेलाडी हुन्।

गोल्डेन ग्लोब्सको अवार्ड बेल्जियम गोलरक्षक थाइबुट कोर्टुवाले जितेका छन्।

प्रतिकृया दिनुहोस