विश्वव्यापी काेराेनाभाइरस महामारी

५५००२६८

हालसम्म संक्रमित

२३०२०२७

निको भएका

३४६७१९

मृत्यु हुनेको संख्या

नेपाल

६०३

जम्मा संक्रमित

८७

निको भएको

मृत्यु

अपडेटः सोमबार, १२ जेठ २०७७ । ९ः०० बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

विश्वकप विशेष आइतबार, असार ३१, २०७५

डेस्च्याम्पसको कीर्तिमान, खेलाडी र प्रशिक्षकको भूमिकामा विश्वकप

हिमालखबर

काठमाडौं (एजेन्सी)– खेलाडी र प्रशिक्षकको भूमिकामा विश्वकप जित्ने कीर्तिमान फ्रेन्च प्रशिक्षक डिडियर डेस्च्याम्पस पनि बनाएका छन्।

एसियाविरूद्ध रुसमा सम्पन्न फाइनल खेल ४–२ ले फ्रान्सले जितेपछि डेस्च्याम्पस खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप उपाधि जित्ने तेस्रो व्यक्ति बनेका हुन्। यसअघि ब्राजिलका मारियो जागालो र जर्मनीका फ्रेन्ज बेकेन्बाउरले यो उपलब्धि हात पारेका थिए।

डेस्च्याम्पस फ्रान्सले १९९८ मा आफ्नै देशमा विश्वकप उपाधि जित्दा टोली कप्तान थिए।

जागालो खेलाडी हुँदा १९५८ र १९६२ मा ब्राजिलले विश्वकप उपाधि जितेको थियो। सन् १९७० मा ब्राजिलले विश्वकप जित्दा उनी प्रशिक्षक थिए। १९९४ मा जित्दा पनि सहायक प्रशिक्षक थिए।

फ्रान्सका बेकेन्बाउरले पनि सन् १९७४ मा कप्तानको भूमिकामा जर्मनीलाई उपाधि दिलाएका थिए। १९९० मा जर्मनीले उपाधि जित्दा उनी टिम प्रशिक्षक थिए।

 

प्रतिकृया दिनुहोस