डुङ्गा दुर्घटनाः मृतक चार जनाको सनाखत
इलामको माइखोलामा भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका पाँच जना मध्ये चार जनाको सनाखत भएको छ ।
२८ असोज दिउसो भएको दुर्घटनामा ३४ जनाको उद्धार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी उपरीक्षक सुशील यादवका अनुसार डुङ्गा डुब्दा पाँच जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ । एक बालकको सनाखत हुन सकेको छैन ।
मृत्यु हुनेहरुमा मोरङको मधुमल्ला–२ की ६ वर्षीया पुष्पा खड्का, इलामको महामाई–१ का जस बहादुर राई, डम्मर माया रानामगर र झापाको सनिअर्जुन नपाका कृष्ण कुमार घतानी रहेका छन्
अझै केही यात्रु हराएको हुन सक्ने अनुमानका आधारमा खोजि कार्य भइरहेको छ । ४० जना भन्दा बढी यात्रु रहेको प्रहरीको अनुमान छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा बिहानैदेखि खोजिमा जुटेका छन् ।
लक्ष्मी मिश्र, इलाम